News तिजोक आत्मानन्द कपको सेमिफाइनलमा
गोलनेपाल

माङसेबुङ । रोमाञ्चक जितका साथ तिजोक युवा क्लब, पाँचथर किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औं जन्मोत्सवको अवसर पारी यहाँ जारी जारी १६औं आत्मानन्द कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङ्सेबुङ, इलाम स्थित आत्मानन्द खेलमैदानमा शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ तिजोकले धनकुटा जिल्ला फुटबल संघ, धनकुटालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

तिजोकको जितमा दुवै गोल निर्देश राईले गरे । उता पराजित धनकुटाका लागि बुद्ध चेम्जोङले एक मात्र गोल फर्काएका थिए । खेलमा तिजोकका निर्देश राई म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २५०० हात पारे ।

प्रतियोगिता अन्तर्गत मंसिर १० गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्र्पोटिङ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

आत्मा पवित्र हक्चात यक्चुम र महान सेवा समारोह, माङ्सेबुङ, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१७० रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१७० रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १७ गतेका दिन हुनेछ ।

Post Comments