News फिफा यु–१७ विश्वकपः सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा जारी प्रतिष्ठित फिफा यु–१७ विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम दुई टोली फ्रान्स र माली बनेपछि सेमिफाइनल समिकरण पनि पूरा भएको हो ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ फ्रान्सले एसियाली प्रतिद्वन्द्वी उज्वेकिस्तानमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्यो । फ्रान्सका लागि ८३औं मिनटमा इस्माईल बुनेबले गरेको उक मात्र गोल निर्णायक बन्यो ।

त्यस्तै अन्तिम क्वाटरफाइनलमा अफ्रिकी राष्ट्र मालीले अर्को अफ्रिकी देश मोरक्कोलाई समान १–० को अन्तरले हरायो । मालीको जितमा खेलको ८१औं मिनटमा इब्राहिम डियाराले गरेको एक मात्र गोल टोलीलाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो ।

अब २८ नोभेम्बर मंगलबारका दिन हुने दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा अर्जेन्टिना र जर्मनी भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा फ्रान्स र माली भिड्ने छन् । प्रतियोगिताको फाइनल २ डिसेम्बरका दिन हुने कार्यक्रम छ ।

Post Comments