News एनएसएलः धनगढीको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आइतबार सम्पन्न भएको एक मात्र खेलमा गत संस्करणको उपविजेता धनगढी फुटबल क्लबले पनि विजयी शुरुवात गरेको छ । धनगढीले यसै सिजन पहिलोपटक सुपर लिगमा सहभागिता जनाईरहेको बिरगंज युनाइटेड फुटबल क्लबलाई हराउँदै विजयी शुरुवात गरेको हो ।

दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा धनगढीले बिरगंजमाथि २–१ को जित निकाल्यो । यद्यपि धनगढीलाई जितका लागि अन्तिम समयसम्म संघर्ष भने गर्नुपर्यो । खेलको दोस्रो मिनट मै फोडे फोफनाको गोलबाट अग्रता लिएको धनगढीले त्यसलाई पहिलो हाफ मै गुमाउन पुग्यो ।

पहिलो हाफ कै इन्जुरी समयमा बिरगंजका लागि हान्स क्वोफीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । यद्यपि खेलको ८८औं मिनटमा लेबनानी फरवार्ड हमद हिजाजीले निर्णायक गोल गर्दै धनगढीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा धनगढीका कृतिश रत्न छुन्जु म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर ११ गते सोमबार दुई नवप्रवेशी टोली झापा एफसी र स्र्पोटिङ एफसी भिड्ने छन् ।

 

Post Comments