News रियल स्टार सेमिफाइनलमा पुग्ने अन्तिम टोली
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । रियल स्टार क्लब यहाँ जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा रियल स्टारले हेटौडा फुटबल एकेडेमीलाई सडन डेथमा हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि पिप्ले क्याम्पा रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यसपछि खेलको नतिजा टाईब्रेकरबाट पनि निस्किन नसक्दा सडन डेथको सहारा लिनु परेको थियो । सडन डेथमा भने रियल स्टारले हेटौडा फुटबल एकेडेमीलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा विपक्षीका दुई पेनाल्टी प्रहार जोगाएका रियल स्टारका गोलरक्षक आयुष गोले म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर ११ गते दुई सेमिफाइनल खेलहरु हुने आयोजकले जानकारी दियो ।

एफसी मुण्डियाल, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गतेका दिन हुनेछ ।

Post Comments