काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्र्पोटिङ इलाम फुटबल क्लब भिड्दै छन् । झापाका लागि आज लिगको यो पहिलो खेल हुनेछ भने इलामका लागि दोस्रो । इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सको सामना गर्दा हार बेहोरेको थियो ।
झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहेडानो जितका साथ सुपर लिगको शुरुवात गर्ने योजनामा छन् । उता इलामका प्रशिक्षक मेघराज केसी पनि पहिलो खेलको हारलाई बिर्सिएर आज निश्चित जित र तीन अंकका लागि खेल्ने मनस्थिति र उद्देश्यका साथ आफ्नो टिम मैदानमा उतार्ने छन् ।
झापाको मार्की खेलाडीमा नेपालका स्टार फरवार्ड अन्जन विष्ट छन् भने इलामको मार्की खेलाडीमा अनुभवी गोलरक्षक विकेश कुथु छन् । झापा र इलाम बीचको खेल पुर्वेली डर्बी भिडन्तका रुपमा पनि रहनेछ । खेल दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न