News फेवालाई मोक्ष्य एमएफसी कपको उपाधि
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियामा नेपाली समुदायहरुबीच खेलकुदसँगै अन्य सामाजिक कार्यमा सक्रिय रही फरक पहिचान बनाएको माछापुच्छ्रे फुटबल क्लबको आयोजनामा सम्पन्न मोक्ष्य एमएफसी कप २०२३ को खुलातर्फको उपाधि फेवा फुटबल क्लबले जितेको छ ।

फाइनलमा बेनी फुटबल क्लबलाई हराउँदै फेवा च्याम्पियन बनेको हो । त्यस्तै ३५ वर्ष माथिको भेट्रान स्पर्धामा यति फुटबल क्लब च्याम्पियन बन्यो । यतिले पारा पार्क फुटबल क्लबलाई हराउँदै भेट्रान्सतर्फको च्याम्पियन बन्नृ सफल भएको हो ।

खुलातर्फ विजेता बनेको फेवाले उपाधिसहित नगद ५००० डलर हात पार्यो भने उपविजेता बेनीले नगद २००० डलरसहित ट्रफी, मेडल हात पार्यो । त्यस्तै भेट्रानतर्फको विजेता यतिले उपाधिसहित १००० डलर हात पार्यो भने उपविजेता पारा पार्कले ५०० डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

व्यक्तिगततर्फ खुला स्पर्धामा फाइनल खेलको म्यान अफ द म्याच फेवाका बिमल राना घोषित भए । सेन्ट जर्ज नेप्लिज क्लबका राम कुमाल सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि सेन्ट जर्ज कै सुशान्त कुँवरले हात पारे भने उत्कृष्ट गोलरक्षक बेनीका बिबेक अधिकारी घोषित भए ।

भेट्रान स्पर्धामा व्यक्तिगत विधातर्फ यतिका निरन्जन गुरुङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट गोलरक्षक पनि यति कै बिशन गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार यति कै सागर थापाले प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि यति एफसी कै युकेश श्रेष्ठ घोषित भए ।

Post Comments