काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्र्पोटिङ इलाम फुटबल क्लब बीचको खेलमा इलामले नतिजा आफ्नो पक्षमा पारेको छ ।
दशरथ रंगशालामा सोमबार भएको एक मात्र खेलमा इलामले झापामाथि शुन्यका विरुद्ध १ गोलको साँघुरो अन्तरको जित निकाल्यो । इलामका लागि ८७औं मिनटमा सेनेगलिज फरवार्ड आमथ एन्डावले एक मात्र निर्णायक गोल गरे ।
खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ८१औं मिनटमा झापाका सुरज विष्टले इलामका खेलाडीलाई बक्सभित्र लडाएपछि इलामले पेनाल्टीको अवसर पाएको थियो । तर, इलामको जितमा निर्णायक बनेका आमथले त्यो पेनाल्टी प्रहार सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल बक्सको माथिल्लो बाहिरिएको थियो ।
खेलमा इलामका कामथ नै म्यान अफ द म्याच घोषित भए । आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित इलामले झापालाई महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । खराब शुरुवात गरेको झापाले भने आफ्नो खातामा अंक जोड्न आफ्नो दोस्रो खेल पर्खनु पर्ने भएको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि