News पोखरा र ललितपुरको बराबरी
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ बुधबार भएको पोखरा थन्डर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । स्मरणीय छ, पहिलो खेलमा पोखराले चितवनलाई हराएको थियो भने ललितपुरले बुटवल लुम्बिनीलाई पराजित गरेको थियो ।

खेलमा पोखरा थन्डर्सका आयुष घलान म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत मंसिर १४ गते बिहीबारको खेल धनगढी फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच हुनेछ ।

Post Comments