News
धनगढीको लगातार दोस्रो जित
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ गत संस्करणको उपविजेता धनगढी फुटबल क्लबले बिहीबार लगातार दोस्रो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा बिरगंज युनाइटेड फुटबल क्लबलाई हराएको धनगढीले बिहीबार बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० ले निराश तुल्यायो ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा धनगढीका लागि आफिज ओलावाले निर्णायक रहे । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा पनि एक अर्काको पोष्टमा निरन्तर धावा बोल्ने प्रयास गरिरहे ।
यद्यपि त्यसमा धनगढी मात्र सफल भयो । खेलको अन्तिमतिर इन्जुरी समयमा आफिजले बक्स नजिकैबाट विपक्षी गोलरक्षकलाई बिट गर्दै सटिक गोल गरे र टोलीलाई महत्वपूर्ण जित दिलाए । खेलमा धनगढीका गोलरक्षक मोहमद ताहा म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि