News एनएसएलः चितवनको पहिलो जित
गोलनेपाल

काठमाडौं । स्टार खेलाडीहरु भित्राएर पनि पछिल्ला दुई खेलहरुमा जितविहीन बनेको एफसी चितवनले दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शुक्रबार तेस्रो खेलमा पहिलो जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा चितवनले नवप्रवेशी टोली बिरगंज युनाइटेड फुटबल क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

खेलमा शुरुवाती अग्रता पनि चितवनले नै लिएको २९औं मिनटमा बिमल घर्ती मगरको गोलबाट चितवनले खेलमा शुरुवाती अग्रता बनाएको थियो । त्यो अग्रता चितवनले पहिलो हाफसम्म कायम पनि राख्यो ।

तर दोस्रो हाफको ५५औं मिनटमा आइकिन्स बफौरले बिरगंजका लागि बराबरी गोल फर्काए । तर, बिरगंजले पनि त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन ।

६७औं मिनटमा टोरिक जेब्रिनले चितवनका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जितमा निर्णायक बने । निर्णायक गोलकर्ता जेब्रिन नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

Post Comments