
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार भएका दुई खेलहरुको नतिजा बराबरीमा टुंँगिएको छ । दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीले १–१ गोलको रोमाञ्चक बराबरी खेले ।
खेलमा शुरुवाती अग्रता लिएर पनि पोखराले खेलको अन्तिमतिर इन्जुरी समयमा गोल खान पुगेको थियो । खेलको १९औं मिनटमा मोसेस ट्वुमको हेडर गोलबाट अग्रता बनाएको पोखराले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन ।
एक समय हार नतिज पुगिसकेको झापाका लागि इन्जुरी समयको अन्तिमतिर समदर ओचिलोवले बक्स नजिकैबाट बाँया खुट्टाले गरेको सटिक प्रहार गोलमा परिणत भएपछि खेल रोमाञ्चक बराबरीमा टुँगिएको हो ।
खेलमा पोखराका सुरज जिउ ठकुरी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
त्यस्तै शनिबार नै दशरथ रंगशालामा भएको दोस्रो खेलमा लिगलिडर धनगढी र दोस्रो स्थानको टोली ललितपुरले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा ललितपुरका जेफ्री बाल्टुस म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत मंसिर १७ गते आइतबारको खेल स्र्पोटिङ इलाम एफसी र बुटवल लुम्बिनी एफसीबीच हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै