News एफए कपमा नेपाली मूलका बिवेशको सनसनी (भिडियोसहित)
गोलनेपाल

काठमाडौं (एजेन्सी) । नेपाली मूलका बेलायती खेलाडी बिवेश गुरुङले इङल्याण्डको पुरानो र प्रतिष्ठित मध्ये एक इमिरेट्स एफए कपमा आफ्नो क्लब मेडस्टोन युनाइटेड एफसीको जितमा निर्णायक भूुमिका खेलेका छन् ।

कपको दोस्रो चरणतर्फ ब्यारो फुटबल क्लब गिरुद्ध मेडस्टोनले निकालेको २–१ को जितमा बिवेशले टोलीका लागि निर्णायक गोल गरे । मेडस्टोनको घरेलु मैदान गालाघेर स्टेडियममा भएको खेलको २०औं मिनटमा बेन ह्वाईटफिल्डको गोलबाट ब्यारोले शुरुवाती अग्रता बनाएको थियो ।

तर ३५औं मिनटमा साम कर्नेले मेडस्टोनका लागि बराबरी गोल फर्काए । खेलको ७४औं मिनटमा बिवेश गुरुङले बक्स बाहिरबाट गरेको कडा र आकर्षक प्रहार गोलमा परिणत भएपछि मेडस्टोनको एफए कपमा तेस्रो चरणको स्थान पनि पक्का भएको थियो ।

हेर्नुहोस खेलको हाईलाईट भिडियोः

Post Comments