News किरात गोल्डकपः आज रेडहर्ष र बिर्तामोड भिड्दै
गोलनेपाल

फिदिम । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज इलामको रेडहर्ष एफसी र झापाको बिर्तामोड युनाइटेडले प्रतिस्पर्धा गर्दै छन् ।

फिदिम माविको निर्माणाधीन खेलमैदानमा झापा र इलामको टोलीले सेमिफाइनल प्रवेशका लागि दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेका हुन् ।

शनिबार भएको उद्घाटन खेलबाट तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै आयोजक पाँचथर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

गोल्डकपको विजेताले नगद ४ लाख ४ हजार ४४४ र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
 
Post Comments