News युइएफएको समूह विभाजनः हेभिवेट समूह बी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सन् २०२४ को १४ जुनदेखि हुन गईरहेको १७औं युईएर्फ युरोको समूह विभाजन (फाइनल ड्र) सम्पन्न भएको छ । यद्यपि प्ले अफबाट छनौट हुने तीन टोलीहरुको टुंगो लाग्न भने अझै बाँकी छ ।

जसअनुसार समूह ए मा आयोजक जर्मनीसँगै स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन् । फाइनल ड्र घोषणा भएसँगै प्रतियोगिताको उद्घाटन खेलमा जर्मनी र स्कटल्याण्ड भिड्ने पनि पक्का भएको छ ।

त्यस्तै प्रतियोगिताको कठिन समूह मानिएको समुह बी मा डिफेन्डिङ च्याम्पियन इटालीसँगै पूर्व विजेता तथा दावेदार मध्ये एक टोली स्पेन, क्रोएशिया र अल्बानिया रहेका छन् ।

त्यस्तै समूह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र गत संस्करणको उपविजेता इङल्याण्ड रहेको छ । समूह डी मा प्ले अफबाट छनौट हुने एक टोलीसँगै नेदरल्याण्डस, अष्ट्रिया र फ्रान्स रहेका छन् ।

समूह ई मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्ले अफबाट छनौट हुने एक टोली रहेका छन् । समूह एफ मा टर्की, पोर्चुगल, चेक रिपब्लिक र प्ले अफबाट छनौट भएर आउने एक टोली रहेका छन् ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरु नकआउट चरणमा प्रवेश गर्ने छन् ।

फाइनल खेल १४ जुलाईका दिन जर्मन शहर बर्लिनमा हुनेछ ।

 

Post Comments