News प्रथम डुमरवाना भेट्रान कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

जितपुरसिमरा । डुमरवाना भेट्रान, जितपुरसिमरा उपमहानगरपालिाका–१५, डुमरवानाको आयोजनामा यही मंसिर १९ गतेदेखि शुरु हुन गईरहेको प्रथम डुमरवाना कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

जितपुरसिमरा–१५ स्थित डुमरवाना खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डुमरवाना भेट्रान, बारा र श्री सगरमाथा युवा क्लब, बगही, पर्सा (भेट्रान) बीच हुने खेलतालिकामा उल्लेख छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर २५ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई साइकल प्रदान गरिनेछ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments