News सहज जितका साथ आर्मी सेमिफाइनलमा
गोलनेपाल

पोखरा । उपाधिको दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी क्लब जारी १८औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलतर्फ आर्मीले संकटा क्लबलाई ३–० ले हरायो । पोखरा स्टेडियममा भएको खेलको १५औं मिनटमै सुदिल राईको गोलबाट आर्मीले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफसम्म आर्मीले त्यो अग्रतालाई कायम राख्यो भने दोस्रो हाफमा पाँच मिनटको अन्तरालमा थप दुई गोल गर्दै संकटा विरुद्धको सहज जित पक्का गर्यो । खेलको ७१औं मिनटमा नवयुग श्रेष्ठले आर्मीका लागि दोस्रो गोल गरे भने लगतै ७५औं मिनटमा बिबेक बस्नेतले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन २८ गते बुधबारको पहिलो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments