बागमती । पाहुना टोली कंचनजंगा एफसी, भारत जारी चौथो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा कंचनजंगाले आयोजक बागमती नगरपालिकालाई १–० ले हरायो । बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको कडा प्रतिस्प्रधात्मक खेलमा कंचनजंगाका लागि १८औं मिनटमा करन थापाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
बिमल घर्ती मगर, सुनिल बल लगायत अधिंकाश मच्छिन्द्रका खेलाडीले लिएर उत्रिएको आयोजकले पाहुना टोली विरुद्ध जित हात पार्न भने सकेन । खेलको म्यान अफ द म्याच कंचनजंगाका गोलरक्षक निगम सिंह घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत फागुन २८ गतेको तेस्रो क्वाटरफाइनल खेल ब्वाइज युनियन क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न