News एसओएसलाई अन्तर–विद्यालय फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

बिरेन्द्रनगर । सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न भएको अन्तर–विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि एसओएस हेर्मन स्कुलले जितेको छ ।

चिसापानी खेलमैदानमा भएको उपाधि भिडन्तमा एसओसले श्री अमरज्योति माविलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको एसओएसले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता अमरज्योतिले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

 

Post Comments