News एपिएफ, काष्ठमण्डप र ल्याबलाई सफलता
गोलनेपाल

काभ्रे । यहाँ जारी २९औं आइजिपी रनिङ कप अन्तर–विद्यालय छात्र फुटबल प्रतियोगितामा एपिएफ स्कुल, काष्ठमण्डप स्कुल र ल्याब स्कुलले आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।

काभ्रे खेलमैदानमा भएको पहिलो खेलमा एपिएफले एनपिएस, सामाखुशीलाई शून्यका विरुद्ध ७ गोलको अन्तरले हरायो । खेलमा एपिएफका तेन्जिङ शेर्पा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा काष्ठमण्डपले एसओएस पनौटीलाई ४–३ ले हरायो । खेलमा काष्ठमण्डपका सिद्धार्थ बस्नेत म्यान अफ द म्याच चुनिए । तेस्रो खेलमा ल्याब स्कुलले एनपिएस (बी) साँगालाई ३–० ले हरायो । ल्याबका निशान बुढा म्यान अफ द म्याच घोषित भए ।

नेपाल पुलिस स्कुल, साँगा, काभ्रेको आयोजनामा जारी प्रतियोगितामा कुल १६ विद्यालयका १७ टोलीहरुले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Post Comments