News
पोखरा भर्सेज काठमाडौंः हेभिवेट भिडन्त
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा आज अपराजित रहेको पोखरा थन्डर्स र साविक विजेता काठमाडौं रेजर्स भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको खेल हेभिवेट भिडन्तका रुपमा पनि हेरिएको छ ।
चार खेलबाट दुई जित र दुई बराबरी सहित ८ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा रहेको पोखराले आज आफु अनुकुल नतिजा निकाल्न सके लिगतालिकामा स्पष्ट अग्रता सहित शिर्ष स्थानमा उक्लिने छ ।
उता चार खेलमा १ जित, २ बराबरी र एक हारसहित ५ अंकका साथ पाँचौं स्थानमा रहेको काठमाडौंलाई फेरि शिर्षताको होडसँगै शिर्ष चारमा उक्लिने अवसर पनि छ । युवा, स्टार र केही अनुभवी खेलाडीहरुले भरिएका यी दुई टोली बीचको भिडन्त रोमाञ्चक नै हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न