News एनएसएलमा आजः शिर्षताको होडमा बुटवल, पहिलो जितको खोजीमा झापा
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आज हुने एक मात्र खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको खेलमा बुटवललाई शिर्ष स्थानमा उक्लिने अवसर छ भने झापा पहिलो जितको खोजीमा छ ।

लिगतालिकामा ५ खेलबाट ७ अंक जोडेको बुटवल पाँचौं स्थानमा छ । र, आज जित हात पार्न सके ९ अंकका साथ शिर्ष स्थानमा रहेको ललितपुरलाई पछि पार्दै बुटवल शिर्ष स्थानमा उक्लिने छ । उता शुरुवातबाटै संघर्ष गरिरहेको झापा ४ खेलबाट ३ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । र, आज पहिलो जितको खोजीमा हुनेछ ।

 

Post Comments