News फिफा क्लब विश्वकप आजदेखि शुरु हुँदै
गोलनेपाल

काठमाडौं । क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित मध्ये एक फिफा क्लब विश्वकपको २०औं संस्करण आजदेखि एसियाली राष्ट्र साउदी अरेबियाको जेद्दाह शहर स्थित दुई स्टेडियममा शुरु हुँदैछ ।

जेद्दाहको किंग अब्दुल्लाह स्पोर्टस सिटीमा हुने आजको उदघा्टन खेल घरेलु टोली अल इतिहाद, साउदी अरेबिया र अकल्याण्ड सिटी, न्युजिल्याण्ड भिड्दै छन् । खेल भने मध्यरातको २ः३० बजेदेखि शुरु हुने कार्यक्रम छ ।

प्रतियोगितामा फिफा मातहत रहेका ६ कन्फिडरेशनका ७ टोलीहरुले सहभागिता जनाएका छन् । एसियाबाट च्याम्पियनका रुपमा जापानको उरावा रेड डायमण्ड सहभागि छ भने अल इतिहादले आयोजकका रुपमा अवसर पाएको छ ।

दक्षिण अमेरिकाबाट ब्राजीलको फ्लुमिनेन्जले सहभागिता जनाएको छ भने युरोपको प्रतिनिधित्व इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले गरेको छ । अफ्रिकाबाट इजिप्टको अल–अहलीले सहभागिता जनाएको छ भने उत्तर अमेरिकी क्षेत्रबाट मेक्सिकोको लिअन सहभागि छ । ओसिआनाबाट न्युजिल्याण्डको अकल्याण्ड सिटी सहभागि छ ।

प्रतियोगिताको फाइनल खेल यही आउँदो २२ डिसेम्बरका दिन हुनेछ । स्मरण रहोस, प्रतियोगिताको अघिल्लो संस्करण स्पेनिस जायन्ट रियल मेड्रिडले जितेको थियो ।

 

Post Comments