News लिभरपुर कलेज फुटबल च्याम्पियन
गोलनेपाल

लिभरपुल कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

लिटिल एन्जेल्स कलेजको खेल मैदानमा मङ्सिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको फाइनलको निर्धारीत र अतिरिक्त समयमा गोलरहित बनेपछि उपाधि विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।

प्रतियोगितामा लिभरपुलका विपिन कार्की उत्कृष्ट खेलाडी र लिभरपुलकै विश्राम टन्डन उत्कृष्ट प्रशिक्षक हुनुभयो ।

लिभरपुल कलेजले बुधबार च्याम्पियन टिमलाई बधाइ ज्ञापन गर्नुका साथै सम्मान गरेको छ । कलेजका प्रार्चाय डा. विद्या अधिकारीले लिभरपुल कलेजले उत्कृष्ट शैक्षिक गतिविधिमा अग्रसर रहँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथमिकता राखेको जानकारी गराउनुभयो ।

Post Comments