News
लिभरपुर कलेज फुटबल च्याम्पियन
लिभरपुल कलेजले नामी कलेजलाई टाइब्रेकरमा ५–४ ले हराएर पाँचौ लिटिल एन्जेल्स अन्तरकलेज फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
लिटिल एन्जेल्स कलेजको खेल मैदानमा मङ्सिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको फाइनलको निर्धारीत र अतिरिक्त समयमा गोलरहित बनेपछि उपाधि विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।
प्रतियोगितामा लिभरपुलका विपिन कार्की उत्कृष्ट खेलाडी र लिभरपुलकै विश्राम टन्डन उत्कृष्ट प्रशिक्षक हुनुभयो ।
लिभरपुल कलेजले बुधबार च्याम्पियन टिमलाई बधाइ ज्ञापन गर्नुका साथै सम्मान गरेको छ । कलेजका प्रार्चाय डा. विद्या अधिकारीले लिभरपुल कलेजले उत्कृष्ट शैक्षिक गतिविधिमा अग्रसर रहँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथमिकता राखेको जानकारी गराउनुभयो ।
Post Comments
Related News
- रातो मछिन्द्रनाथ कप अन्तर्गत मंगलबार लिग चरणका कुल १२ खेल सम्पन्न
- ललितपुर जिल्लाको बुंगमतीमा अवस्थित सुनाकोठी मैदानमा रातो मछिन्द्रनाथ कप सोमबारबाट सुरु
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- दोस्रो रातो मच्छिन्द्रनाथ कप भदौ २९ देखि
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु