इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लब यहाँ जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज तेल्लोक माविको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता टोली ललितपुरको सुनाकोठी सिटी एफसीमाथि साँघुरो जित दर्ता गर्दै इलाम उपाधि होडमा उक्लिएको हो । इलामले १-० गोलले ललितपुरलाई हराएको हो ।
इलामका लागि पिकेश लोक्तामले गरेरको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बन्यो । खेलको २५औँ मिनेटमा पाएको फ्रिकिकमा पिकेशले गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बने । फाइनलमा इलामले दोस्रो संस्करणको उपविजेता झापा बिर्तामोडको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
गोल्डकपको तेस्रो संस्करणमा नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ । पहिलो संस्करण खेवाङ स्पोर्टिङले जितेको थियो । त्येअंसी सिरिजंघा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ ।
विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउने छ भने उपविजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई