News प्रथम खडक उपमेयर महिला गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

खडक । नमो बुद्ध युथ क्लब, खडक नगरपालिका, सप्तरीको आयोजनामा यही पुष २ गतेदेखि शुरु हुन गईरहेको प्रथम खडक उपमेयर महिला गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

खडक नगरपालिका–७, सप्तरी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पुष २ गतेका दिन आयोजक नमो बुद्ध युथ क्लब, सप्तरी र डाँगीहाट जागृति युवा क्लब, मोरङ भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पुष ९ गतेका दिन हुनेछ ।

Post Comments