News फराकिलो जितका साथ राष्ट्रिय जागृति सेमिफाइनलमा
गोलनेपाल

धरान । एकतर्फी जित हात पार्दै राष्ट्रिय जागृति क्लब, सुनसरी यहाँ जारी एन्फा प्रेसिडेन्ट कप यु–१५ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको ेछ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलतर्फ राष्ट्रिय जागृतिले झापा नेशनल एकेडेमी, झापालाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले अराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको खेलमा राष्ट्रिय जागृतिका लागि सुदिप श्रेष्ठले दुई गोल गरे भने एलोन जिमी, सनराज गुरुङ, बिक्की चौधरी, जयबिन चौधरी, र सुमन तामाङले समान एक–एक गोल गरे ।

खेलमा राष्ट्रिय जागृतिका एलोन जिमी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र मेडल हात पारे । प्रतियोगिता अन्तरगत पुष २ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र गाईघाट फुटबल क्लब, उदयपुरबीच हुनेछ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुष ६ गतेका दिन हुनेछ ।

Post Comments