News
प्रथम किंग्स कप पुष १० देखि
रामपुर । किंग्स क्लब, रामपुर, पाल्पाको आयोजनामा यही पुष १० देखि १४ गतेसम्म प्रथम किंग्स कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
रामपुर–५, बेझाड स्थित रामतुलसी स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको पुष ८ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा रामपुर र चापाकोट नगरपालिकाका टिमहरुले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments