News गाईघाट फाइनलमा, उपाधिका लागि अल स्टारसँग भिड्ने
गोलनेपाल

धरान । गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी प्रथम एन्फा प्रेसिडेन्ट कप यु–१५ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा न्यु स्टार क्लब, सुनसरीलाई २–० ले हराउँदै गाईघाट फाइनलमा प्रवेश गरेको हो ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको खेलमा गाईघाटका लागि अरुण अधिकारी र सुनिल सरखेतीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच पराजित न्यु स्टारका क्षितिज धामी घोषित भए । उनले पुरस्कार वापत नगद १००० र मेडल हात पारे ।

गाईघाटले अब पुस ६ गते हुने फाइनलमा अल स्टार फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि भिड्ने छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

 

Post Comments