News दोस्रो बिच फुटबल हुँदै
गोलनेपाल

कुरिनघाट । नव युवा क्लब, कुरिनघाट, चितवनको आयोजनामा यही पुस १२ गतेदेखि दोस्रो बिच फुटबल सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

कुरिनघाट स्थित झोलुङ्गेपुलको तल त्रिशुली नदी किनारमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २००० र डिपोजिट वापत रु. ५०० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments