News ग्लोरीको ह्याट्रिकसँँगै भरतपुर १८ सेमिफाइनलमा
गोलनेपाल

चितवन । ग्लोरीको ह्याट्रिक मद्तमा आयोजक भरतपुर १८ सेन्ट्रल प्रथम भरतपुर १८ गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो क्वाटरफाइनलमा अभिषेक चर्च रजहरलाई ३-२ ले हराउँदै भरतपुर १८ सेमिफाइनलमा प्रवेश गरेको हो ।

उसको जितमा ग्लोरीले पहिलो हाफको छैटौं, ३० औं र दोस्रो हाफको ३० औं मिनेटमा गोल गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्न ग्लोरी पहिलो खेलाडी हुन् । अभिषेक चर्चका फिलिपले पहिलो हाफको अतिरिक्त र सबिन श्रेष्ठले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । ह्याट्रिक गरेका भरतपुर १८ का ग्लोरी म्यान अफ दि म्याच भए ।

खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा शुक्रबार तेस्रो क्वाटरफाइनलका खेल हुनेछ । तेस्रो क्वाटरफाइनलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र हर्दी युवा समाज भण्डारा भिड्नेछन् ।

Post Comments