News फिफाको ताजा वरियतामा नेपालको स्थान यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्बर महिनाका लागि निकालेको ताजा वरियतामा नेपालको स्थान १७५औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ पनि नेपाल तेस्रो स्थान मै यथावत छ ।

१०२औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थान मै कायम छ भने १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा यथावत छ । त्यस्तै १८३औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ नेपाल पछि चौथो स्थानमा छ ।

१८४औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १९५औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसैगरी २०४ स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा कायम छ ।

एसियातर्फ शिर्ष तीनमा जापान, इरान र दक्षिण कोरिया रहेका छन् । जापान फिफा वरियताको १७औं स्थानमा छ भने इरान २१औं स्थानमा छ । त्यस्तै दक्षिण कोरिया भने २३औं स्थानमा रहेको छ ।

अर्जेन्टिनाको शिर्षता पनि कायमै

त्यस्तै फिफाको विश्व वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा फ्रान्स रहेको छ भने तेस्रो स्थानमा इङल्याण्ड छ ।

Post Comments