News स्व. गंगा देवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कप हुँदै
सुरज राना मगर

तिलोत्तमा । ‘युवा एकता आजको आवश्यकता’ भन्ने नाराका साथ नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढको आयोजनामा यही पुस १२ गतेदेखि स्व. गंगा देवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कप सेभेन ए साईढ खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

तिलोत्तमा–१४ स्थित श्री टिकुलीगढ माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि लगभग पूरा भईसकेको आयोजक क्लबका अध्यक्ष बिजय गुरुङले । बताए । इच्छुक क्लबहरुका लागि यही पुस ९ गतेसम्म टिमदर्ता खुला गरिएको र टिमदर्ता शुल्क ४००० तोकिएको पनि खेल संयोजक बिनोद गुरुङले बताए ।

स्व. गंगा देवी गुरुङको स्मृतिमा तिलोत्तमा–१४ टिकुलीगढ निवासी श्रीमान मन बहादुर गुरुङ, छोराहरु धर्मराज, सोम प्रसाद, बिक्रम, देव प्रसाद गुरुङ र छोरीहरु गीता, भिम कुमारी, हेमकला, यम कुमारी गुरुङ एवम् सपरिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक बिष्णु बहादुर पुनले जानकारी दिए ।

Post Comments