News मनाङलाई आहा! रारा गोल्डकपको उपाधि
गोलनेपाल

पोखरा । शनिबार सम्पन्न १८औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । पोखरा रंगशालामा भएको निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको मनाङले उपाधिसहित नगद १० लाख हात पारेको छ भने उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ । सहारा क्लब, पोखराको आयोजनामा फागुन २२ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments