झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी सहिद स्मृति महिला गोल्डकपको उपाधि पहिलोपटक जितेको छ । फाइनलमा साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २–१ हराउँदै कनकाईले उपाधि उचालेको हो ।
अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा कनकाईका लागि २८औं मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । उता पराजित कर्णसिंहका लागि खेलको ६९औं मिनेटमा पवित्रा लिम्बूले गोल गरे पनि टोलीको हार भने टार्न सकेनन् ।
प्रतियोगिताको विजेता कनकाईले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता ताप्लेजुङले ७५ हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजार प्राप्त गरे ।
त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोलकिपर कनकाईकी जशोदा लावतीलाई जनही सात हजार प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा