काठमाडौं । प्रगति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि काभ्रे ब्वाईजले जितेको छ । फाइनलमा काभ्रेले हिमालयन फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने काभ्रे ब्वाईजले ३–१ को जित निकाल्दै नतिजा र उपाधि आफ्नो पक्षमा पारेको हो ।
विजेता बनेको काभ्रे ब्वाईजले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता हिमालयनले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयनका कृष्ण श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक काभ्रेका सुबास मगर बन्दा उत्कृष्ट डिफेन्डर काभ्रे कै सुशिल लामा चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार काभ्रेका उत्म शाहीले हात पारे ।
विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे । प्रगति युवा क्लबद्वारा गत मंसिर २३ गतेदेखि आयोजना भएको प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न