News काभ्रे ब्वाईजलाई प्रगति कपको उपाधि
गोलनेपाल

काठमाडौं । प्रगति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि काभ्रे ब्वाईजले जितेको छ । फाइनलमा काभ्रेले हिमालयन फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने काभ्रे ब्वाईजले ३–१ को जित निकाल्दै नतिजा र उपाधि आफ्नो पक्षमा पारेको हो ।

विजेता बनेको काभ्रे ब्वाईजले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता हिमालयनले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयनका कृष्ण श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक काभ्रेका सुबास मगर बन्दा उत्कृष्ट डिफेन्डर काभ्रे कै सुशिल लामा चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार काभ्रेका उत्म शाहीले हात पारे ।

विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे । प्रगति युवा क्लबद्वारा गत मंसिर २३ गतेदेखि आयोजना भएको प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments