News पुस १३ देखि फिदिम नगर कप हुँदै
रमेश समदर्शी

फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही पुस १३ गतेदेखि सुरु हुनेछ ।

आयोजक स्वतन्त्र क्लबले फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारि दिएको हो । पुस १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक क्लबसहित ८ टिमको सहभागिता रहने छ । सहभागी टिमध्ये ५ क्लबको टुङगो लागेको आयोजक स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरूङले जानकारि दिए । उनका अनुसार योङ ब्वाइज फुटबल क्लब इलाम, रेड स्टार फुटबल क्लब बिर्तामोड, पाँचथर फुटबल क्लब, आयोजक स्वतन्त्र क्लब र तुर्केनी स्पोर्टस् क्लब झापाको टुङगो लागेको हो ।

अन्य ३ क्लबको चाँडै टुङगो लाग्ने बताइएको छ । प्रतियोगिताको विजेताले १ लाख ८० प्राप्त गर्ने र उपविजेता टिमले ९२ हजार प्राप्त अध्यक्ष गुरूङले जानकारी दिए । फिदिम ७ स्थित रानीटारको बराजु रङशालामा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने गुरूङले जानकारी दिए ।

प्रतियोगिको प्रबद्र्धकको रूपमा फिदिम नगरपालिका रहेको छ । प्रतियोगिताको सहआयोजक रानीटार युनाइटेड र त्रिवेणी क्लब रहेका छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमबाट हुनेछ ।

Post Comments