News
ए डिभिजन क्लबहरुको एन्फालाई अल्टिमेटम
काठमाडौं । ए डिभिजन क्लबहरुले आफूहरुले पाउनु पर्ने तयारी खर्च रकम अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अझै प्राप्त नभएको भन्दै एन्फालाई ‘अल्टिमेटम’ सहितको ज्ञापनपत्र बुझाएका छन् ।
क्लबहरुका अनुसार एन्फाले २०७८–७९ तथा २०७९–८० मा सञ्चालित प्रतियोगिताको पूर्व तयारी खर्च अझै उपलब्ध गराएको छैन । साथै क्लबहरुले उक्त रकम यही पुस १५ (डिसेम्बर ३१ तारीख) गतेसम्म चुक्ता गर्न एन्फालाई अल्टिमेटम समेत दिएको छ ।
उक्त समय सिमासम्म पनि रकम उपलब्ध नभए क्लबहरुले एन्फाले सञ्चालन गर्ने कुनै पनि प्रतियोगिताहरुमा सहभागिता नजनाउने ज्ञापनपत्रमा उल्लेख गरेका छन् । पटक–पटकको छलफल र सहमति पश्चात् पनि पाउनु पर्ने रकम नपाएपछि क्लबहरुले यो निर्णय लिन बाध्य बनेको बताएका छन् ।
हेर्नुहोस ज्ञापनपत्रको पूरा अंशः

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)