काठमाडौं । गत संस्करणको उपविजेता समेत रहेको धनगढी फुटबल क्लब जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
सोमबार भएको पहिलो क्वालिफायरतर्फ धनगढीले पोखरा थन्डर्सलाई टाईब्रेकरमा हराउँदै फाइनलमा स्थान पक्का गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
दशरथ रंगशालामा खेलको पाँचौं मिनट मै आयुष घलानको गोलबाट पोखराले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको ५३औं मिनटमा देवेन्द्र तामाङले धनगढीका लागि बराबरी गोल फर्काएका थिए ।
त्यसपछिको निर्धारित समयको खेल र अतिरिक्त समयको खेलमा पनि नतिजा बराबरी मै सकिएपछि टाईब्रेकरमा धनगढीले पोखरालाई ४–३ को अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो ।
हारका बावजुद पोखरालाई फाइनल प्रवेशको अवसर भने अझै कायम छ । पोखरालाई अब पुस १२ गते हुने दोस्रो क्वालिफायरतर्फ मंगलबार काठमाडौं र ललितपुर बीच हुने इलिमिनेटरको विजेतासँग खेल्ने अवसर हुनेछ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न