काठमाडौं । गुरुङ समुदायहरुको महान चाड तमु ल्होसार (पुस १५) को अवसर पारी सोल्टी–११ एफसीद्वारा आयोजित छैठौं तमु ल्होसार कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले जितेको छ ।
गोगंबु स्थित मनाङ मस्र्याङ्दी फुटसलमा सम्पन्न भएको फाइनल भिडन्तमा हिमालयनले मित्रनगर राईजिङ क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
विजेता बनेको हिमालयनले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता मित्रनगरले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ आयोजक सोल्टी–११ का सौगात आले मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक हिमालयनका दिपशे श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हिमालयन कै श्रीकृष्ण श्रेष्ठले हात पारे ।
विगधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १५००–१५००, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि