News वाल्मीकि र नारायणी सेमिफाइनलमा:
गोलनेपाल

चितवन । वाल्मिकी शिक्षा सदन र नारायणी नमुना मावि यहाँ जारी पिएफसी इमर्जिङ्ग कप फुटबल प्रतियोगिताको सेमिफायनलमा प्रवेश गरेका छन् । दिनको पहिलो खेलमा वाल्मिकीले पारिजात बोडिङ्ग स्कुललाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो ।

अर्को खेलमा नारायणीले अमर माविलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने नारायणी ४–३ ले विजयी बन्यो ।

प्रतियोगिता अन्तर्गत बिहीबार सैनिक आबासिय महाबिध्यालय, चैनपुर र सोनम जीव एकेडेमी, जगतपुर भिड्ने छन् भने दोस्रो खेलमा आदिकबी भानुभक्त माबी, नारायणगढ र नारायणि पब्लिक, भरतपुर बिच हुने खेल संयोजक संयोजक सुमन सापकोटाले जानकारी दिए ।

Post Comments