News
फिदिम नगर कप: उद्घाटनमा आयोजक र इलाम भिड्दै
पाँचथर । फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । पाँचौ संस्करणको उद्घाटनमा आयोजक स्वतन्त्र क्लब पाँचथरले इलामको आरडिएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
फिदिम ७ रानीटारस्थित बराजु रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेल पुस १४ गते योङ ब्वाइज साखेजुङ इलामले झापाको शनिश्चरे एफसीसँग खेल्नेछ भने तेस्रो खेल पुस १६ गते तुर्केनी एफसी झापा र एलएनएफसी पाँचथरबीच हुनेछ ।
यस्तै, अन्तिम क्वाटरफाइनल खेल पाँचथर फुटबल क्लबले अर्जुनधारा फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । फिदिम नगरपालिकाले प्रवद्र्धन गरेको यस प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ ।
प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब, डोलो फुटबल क्लब र त्रिवेणी युवा क्लब रहेका छन् । प्रतियोगिताको फाइनल खेल पुस १८ गते हुनेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश