News सैनिक आवासीय र आदिकवि भानु मावि अन्तिम चारमा
गोलनेपाल

चितवन । सैनिक आवासीय महाविद्यालय र आदिकवि भानु मावि यहाँ जारी पिएफसी इमर्जिङ कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो क्वाटरफाइनलतर्फ सैनिक आवासीयले सोमाङजीव एकेडेमीलाई टाईब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । चौथो क्वाटरफाइनलमा आदिकवि भानु माविले नारायणी पब्लिक स्कुललाई ३–० ले हराउँदै सेमिफानल प्रवेश गर्यो ।

यी दुई खेलहरुसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । जस अन्तर्गत पहिलो सेमिफाइनलमा सैनिक आवासीयले आदिकवि भानु माविको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा वाल्मिकी शिक्षा सदन र नारायणी नमुना मावि भिड्ने छन् । सेमिफाइनल खेलहरु शुक्रबार हुँदैछन् ।

 

Post Comments