News नखिल गुर्खाजलाई प्रथम लालीगुराँस एफसी न्यु ईयर कपको उपाधि
गोलनेपाल

काठमाडौं । लालीगुराँस फुटबल क्लब, युएईको आयोजनामा सम्पन्न भएको प्रथम लालीगुराँस एफसी न्यु ईयर कप फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाज फुटबल क्लबले जितेको छ । डुल्स्को खेलमैदानमा भएको उपाधि भडन्तमा नखिल गुर्खाजले आयोजक लालीगराँसलाई हराउँदै उपाधि चुम्न सफल भएको हो ।

विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ४ हजार दिराम हात पारेको छ भने उपविजेता लालीगुराँसले ३ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । दार्जिलिङ युनाइटेड फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक नखिल गुर्खाजका रोशन खड्का चुनिए । सर्वाधिक गोलकर्ता पनि नखिल गुर्खाज कै तिर्थ राना मगर बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी लालीगुराँसका सुमन लिम्बु घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष बिनोद भण्डारी, युइएनएफएका अध्यक्ष मुक्ति गुरुङ, टाईटल स्पोन्सर कुमारी बैंकका म्यानेजर सुरज कटुवाल लगायतले पुरस्कृत गरेका थिए ।

युएईमा रहेका प्रवासी नेपालीहरुबीच अंग्रेजी नयाँ वर्ष मनाउनुका साथै भाईचारा र आत्मियता कामना गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

 

Post Comments