News सिद्धिचरण सेमिफाइनलमा प्रवेश
गोलनेपाल

मानेभञ्ज्याङ । रोमाञ्चक जितका साथ सिद्धिचरण नगरपालिका यहाँ जारी प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलतर्फ सिद्धिचरणले लिखु गाउँपालिकालाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

सिद्धिचरणको जितमा समिर श्रेष्ठ र आयुष राईले गोल गरे । पराजित लिखुका लागि निकेत बिष्टले एक मात्र गोल फर्काएका थिए । खेलमा सिद्धिचरणका लागि समिर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत पुस २४ गते मंगलबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा १२ बजे मोलुङ्ग गाउँपालिका र लालीगुराँस नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा २ बजे खिजिदेम्बा गाउँपालिका र माङ्सेबुङ्ग गाउँपालिका भिड्ने छन् ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

Post Comments