News ओखलढुंगामा चौरास प्रीमियर लिग हुने
गोलनेपाल

मानेभञ्ज्याङ । चौरास प्रिमियार लिग (सिपिएल) सञ्चालक समिति र रिनुवाल फुटबल क्लबको सह - आयोजनामा ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु रिनुवालमा अबस्थित ब्ओकुल खेलकुद मैदानमा मिति २०८१ कार्तिक २ गतेबाट ११ गतेसम्म चौरास प्रिमीयार लिग सिजन -१ सञ्चालन गरिने भएको छ।

यस प्रतियोगितामा जम्मा १६ ओटा टिमहरुलाई मात्रै सहभागिता गराउने छ। यसमा ४ (चार) ४ (चार) वटा टिमहरुलाई ४ ओटा पोलमा विभाजन गरी लिग खेलाईने छ । प्रत्येक पोलबाट २ वटा टिम आउने छन । एउटा टिम विजेता र अर्को उप-विजेता भएर अन्तिम ८ (आठ) प्रबेश गर्नेछ। त्यस टिमहरुलाई क्वाटफाइनलको खेल खेलाईनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार रु.२,२२,२२२/- को साथमा शिल्ड, मेडल र प्रमाण - प्रत्र प्रदान गरिने छ। त्यसै गरी द्वितीय हुने टिमलाई नगद पुरस्कार रु. १,००,०००/- को साथमा शिल्ड,मेडल र प्रमाण-पत्र प्रदान गरिने छ । र सेमिफाइनलिस्ट टिमहरुलाई नगद पुरस्कार रु.३०,०००/- ३०,०००/- प्रदान गरिने छ। भने लिग चरणको खेलमा player of the match लाई मायाको चिनो प्रदान गरिने छ । भने क्वाटफाइनलबाट player of the match लाई नगद रु.२,०००/- प्रदान गरिने छ। प्रतियोगितामा विधागत पुरस्कारहरु पनि रहने छ।

टिम दर्ता र थप जानकारीको लागिः 9851358109, दर्बराज राई: 9766545282, एटम राई: 982-3374929

Post Comments