News १३औं बगर भाई खलक र दोस्रो हिमालयन ब्रुअरी अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता माघ तेस्रो सातादेखि
उमेश पुन

पोखरा । बगर भाई खलक, पोखराको आयोजनामा वार्षिक रुपमा हुँदै आएको १३औं बगर भाई खलक कप तथा दोस्रो हिमालयन ब्रुअरी अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता आउँदो माघ २१ देखि २७ गतेसम्म हुने भएको छ ।

पोखरा–१ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष माथि, ५० वर्ष माथि र ६० वर्ष माथिको तीन समूहका खेलहरु सञ्चालन हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विस्तृत जानकारी भने आधिकारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने पनि आयोजक जनाएको छ । हिमालयन ब्रुअरी लिमिटेडको मुख्य प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकमा प्रदेश खेलकुद परिषद्, गण्डकी, बगर भाई खलक, युके र पोखरा महानगरपालिका रहेका छन् ।

Post Comments