News तेस्रो कमलाखोज गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दुधौली । नमुना जनउत्थान क्लब, दुधोली नगरपालिका–४, सिन्धुलीको आयोजनामा यही पुस २७ गतेदेखि शुरु हुन गईरहेको तेस्रो कमलाखोज गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

डकाहा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । पुस २७ गते हुने उद्घाटन खेलमा जनसेवी युथ क्लब, महोत्तरी र बागमती युवा क्लब, सर्लाही भिड्ने छन् । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ५ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी र मेडल हात पार्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments