News एएफसी एसियन कप शुरु, साविक विजेता कतारको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । घरेलु मैदानमा शुरु एसियाली फुटबलको कुम्भमेला एएफसी एसियन कपको १८औं संस्करणमा डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले विजयी शुरुवात गरेको छ ।

समूह ए मा रहेको कतारले आफ्नो पहिलो खेलमा लेबनानमाथि शून्यका विरुद्ध ३ गोलको प्रभावशाली जित दर्ता गर्यो । लुसैल स्टेडियममा भएको खेलमा कतारका लागि अकरम आफिफले खेलको ४५औं मिनटमा र अन्तिमतिर गरी दुई गोल गरे । थप एक गोल भने ५६औं मिनटमा स्टार फरवार्ड अल्मोज अलीले गरेका थिए ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीहरुले पनि नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगिताको समापन भने १० फेब्रुअरीका दिन लुसैल स्टेडियम मै हुनेछ ।

Post Comments