News माडी गोल्डकप यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

माडी । माघ ५ देखि १३ गतेसम्म हुन गईरहेको २५औं माडी गोल्डकप यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । माडी, चितवन स्थित बसन्तपुरको खुला मैदानमा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा माघ ५ गतेका दिन पटिहानी फुटबल क्लब, पटिहानी र थ्रीस्टार युवा क्लब, ठोरी–१ भिड्ने छन् । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ १३ गतेका दिन हुनेछ ।

बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै अन्य विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments