AFC/FIFA अफगानिस्तान फिफा फुटसल विश्वकपका लागि छनौट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पहिलोपटक एएफसी फुटसल एसियन कपमा सहभागिता जनाएको अफगानिस्तान पहिलो सहभागिता मै फिफा फुटसल विश्वकपका लागि छनौट भएको छ ।

हाल थाइल्याण्डमा जारी एएफसी फुटसल एसियन कपतर्फ क्वाटरफाइनलमा पराजित भएका चार टोलीहरु अफगानिस्तान, इराक, भियतनाम र किर्गिस्तानले प्ले अफ खेलेका थिए । निर्णायक प्ले अफ म्याचमा अफगानिस्तानले किर्गिस्तानलाई ५–३ ले हराउँदै विश्वकपमा छनौट हुन सफल भएको हो ।

त्यसअघि पहिलो चरणको प्ले अफ म्याचमा अफगानिस्तानले इराकलाई समान ५–३ ले हराएको थियो भने किर्गिस्तानले भियतनाममाथि ३–२ को जित निकालेको थियो ।

स्मरण रहोस, फिफा फुटसल विश्वकप यसै वर्षको सेप्टेम्बरमा उज्वेकिस्तानमा आयोजना हुँदैछ । यसपटक फुटसल विश्वकपमा आयोजक उज्वेकिस्तानसँगै थाइल्याण्ड, ताजिकिस्तान, इरान र अफगानिस्तान गरि एसियाका कुल ५ देशहरुले सहभागिता जनाउने छन् ।

Post Comments